दायाँ इन्जिनमा समस्या आउँदा फ्लाई दुवईबाट भयानक आवाज आएको देखियोः प्राधिकरण

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ प्राविधिक समस्या देखिएको फ्लाई दुवईको राइट इन्जिनमा समस्या आएका कारण भयानक आवाज आएको चेकजाँचबाट देखिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । 

प्राविधिक समस्या देखिएको दिन उक्त विमानको इन्जिन फेल भएको भनिएको थियो भने पछि चरा ठोक्किएको भनेर फ्लाई दुवईका प्रवक्ताले गलत सुचना प्रवाह गरेका थिए । दुवई कुरामा सत्यता नभएको र लाइफ इन्जिनमा समस्या आउँदा ठूलो आवाज आएको, धार्केको आकाशमा केही समय होल्ड गरेर चेक गर्दा समस्या समाधान गर्न सकिएपछि पाइलटले जहाज गन्तव्यतर्फ अघि बढाएको अध्ययनबाट देखिएको भुलले बताए । 

Advertisement

राइट इन्जिन फेल भएको र आगलागी भएको समाचारपछि उक्त दिन त्रिभुवन विमानस्थलमा जहाज आकस्मिक अवतरणको तयारी समेत गरिएको थियो । इन्जिन फेल भएको हल्ला फैलिएसँगै जहाज खस्नसक्ने भयले काठमाडौंवासी त्रसित बनेका थिए । 

जहाज अवतरण गरिसकेपछि जहाजको इन्जिनमा कुनै पनि चराको पखेटा नभेटिएकोले फ्लाई दुवईको जहाजको इन्जिनको प्राविधिक समस्याले गर्दा भएको भनेर रिपोट फ्लाई दुवईले आफ्नो उड्डयन नियामकलाई बुझाएको बताउँदै भुलले त्यो फेरि छानबिन गरेपछि त्यसको अन्तिम रिपोट प्राधिकरणलाई पनि दिने बताए । 

Advertisement

Advertisement