वायुसेवा निगम खाने खुम्ले किरा त मन्त्री नै पो रहेछ: मन्त्री किराती

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगम खाने खुम्ले किरा मन्त्रीहरु रहेको बताएका छन् । नयाँ मन्त्री आएपछि वायु सेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने आरोप लगाए । 

नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले भने, ‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो वायुसेवा निगमलाई यो अवस्थामा पुर्याउन मन्त्रीहरुको ठूलो हात रहेछ । यति भन्दैमा फेरी निगमको कर्मचारीहरु चै चोखो छन् भन्ने हैन ।’ 

Advertisement

नागरिक उडड्यनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यवसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउने उनले बताए । मन्त्री किरातीले भने “मलाई पैसा मन पर्दैन खाली मेरो सरोकार कामसंग रहन्छ, म बर्ग र जातपात हेर्दिन खाली मेरो सम्बन्ध कामसंग हुने छ । म व्यवहारमा नरम र नितिमा कठोर मान्छे हो । अरु मन्त्रीलाई जस्तो मलाई पैशा हैन एउटा चक्लेट पनि चाहिदैन । मलाई मृत्यू थाहा छ, म मरेपछि जम्मा जम्मी पशुपतीमा अलिकति धुवाँ बन्छु त्यो भन्दा ठूलो अरु केही हुँदैन । त्यसैले म मरेपछि पनि अजम्बरी हुन चाहान्छु त्यसैले मसंग लोभ छैन् ।’

मन्त्री किरातीले भने, ‘विगतमा जे भयो अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिन । तपाँईहरुसंग मलाई विश्वास छ, अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छे जस्तै डिस्चार्ज गर्नुपर्छ ।’ निगमलाई सुधार्न आफु जस्तो सुकै जोखिम मोल्न तयार रहेको भन्दै मन्त्री किरातीले आफुलाई कुनै पनि दवाव र प्रभावले फरक नपर्ने समेत बताए । उनले मन्त्री हुनका लागि आफु न जन्मिएको भन्दै पद जोखिममा राखेर भए पनि निगमलाई सुधारेर नै छाड्ने दावी गरे । 

कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन भने, ‘अब तपाईँलाई यो काम गर्ने अवसर हो, म अब तपाँईलाई कारवमशी गर्छु, तपाँईले क–कसलाई कारबही गर्ने हो गर्नुस । यदि काम गर्न सक्नु भएन भने सल्लाह गरेर नै छाडेर जानुस् तपाँईलाई राम्रैढंगले नै विदाई गर्नेछौँ । तर अब तपाँईले काम गर्नु हुन्छ भन्नेमा मलाई आजबाट अलिकति आशा जागेको छ । आज तपाँईले जसरी मुखले प्रतिवद्धता गर्नुभयो सोही अनुसार काम गर्नुहोला । बाहिर शक्तिको ढोका न चहार्नुहोला, राम्रो काममा सधैँ मेरो तपाँईप्रति सहयोग र संरक्षण रहने छ ।”

Advertisement

Advertisement