विधार्थीहरुलाई बिदाई गर्दै पर्यटन मन्त्रीले भने–‘पर्यटन विश्वविद्यालय खोलिदै छ राम्रो अध्ययन गरेर आउनु होला’

Advertisement

काठमाडौं । फ्रान्स उडेका विद्यार्थीहरुलाई सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले विदाई गरेका छन् । 

बिहीबार इन्टर्नशिपका लागि फ्रान्स गएका विद्यार्थीहरुलाई विदाइ गर्दै मन्त्री किरातीले भने, ‘पर्यटन विश्वविद्यालय खोलिदै छ राम्रो अध्ययन गरेर आउनुस् ।’ 

Advertisement

होटल व्यवस्थापन विषय अध्यानरत २४ विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किरातीले विदाई गरेका हुन् । 

विदाईका क्रममा मन्त्री किरातीले भने, ‘अब पर्यटन विश्वविद्यालय चाँडै खोलिदैछ, तपाँईहरुको आवश्यकता त्यहाँपर्छ राम्रो अध्ययन गरेर आउनु होला । तपाँईहरुले एक वर्ष त्यहाँ सिक्न मात्रै जाँदै हुनुहुन्न यो देशको राम्रो सभ्यता समेत त्यहाँ छाडेर आउनु हुनेछ ।’ 

होटल व्यवस्थापन तथा पर्यटन विषय अध्यापन गराउँदै आएको नाथमका विद्यार्थीहरुले  फ्रान्सको १ सय ३० वर्ष पुरानो सेभोलेमा पर्यटन विश्वाविद्यालयमा एक वर्ष इन्टर्नशिप गर्ने छन् । त्यस्तै, फ्रान्सको विद्यार्थीहरुले नाथममा इन्टर्नशिप गर्नेछन् । 

फ्रान्सका विद्यार्थीहरु शुक्रबार नेपाल आउने नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जानकारी दिए । होटल तथा पर्यटन सम्बन्धि अध्ययन र तालिम दिदै आएको नाथमलाई पर्यटन विश्व विद्यालय बनाउन पछिल्लो समय मन्त्री किराती लागि परेका छन् । 

Advertisement

Advertisement