विद्यार्थीको आवश्यकताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विदेश जाने बढेका हुन्ः पाण्डे

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्नसक्नुपर्ने बताएका छन् । 

आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको राज्यको नेतृत्व समयानुकुल परिवर्तन नहुँदा पूरानै मानसिकतामा शिक्षा ऐनहरु बन्ने गरेको बताए । पाण्डेले नेपाली विद्यार्थीको आवश्यक्ताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरु विदेश जाने क्रम बढेको बताए । 

Advertisement

उनले एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने बताए । पाण्डेले बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समस्या समाधान हुने हो भने राहदानी दिन बन्द गर्नुपर्ने बताए । पाण्डेले भने, ‘बहुदल, गणतन्त्र, त्यसपछिका कुराहरु आए । १४ वर्ष जेल बसेको कुरा आए । त्याग, तपस्याभित्र पनि ल्याएको एउटा व्यवस्थाभित्र पनि अब उहाँहरु आउटडेटेड हुनुभयो । उहाँहरुले समय र आम जनताको आवश्यकता, नेपाली विद्यार्थीको आवश्यकताअनुसारको शिक्षा नीति कोर्ने र विश्वविद्यालयबाट त्यही किसिमको शिक्षा दिने सोचमा परिवर्तन नआएको कारणले आम नेपाली विद्यार्थीहरुले हामीलाई अहिले राम्रो शिक्षाको आवश्यकता छ ।’ 

उनले थपे, ‘शिक्षा रोजगारीसँगै जोडिन्छ । केही वर्ष यहीँ पढेर पनि त्यही सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकटमा नीतिअन्तर्गत खाडी जानुभन्दा मेरो परिवार सम्पन्न छ, म विकसित हुन्छु भन्ने सोचले नेपाल बाहिर पढ्न जान लागेका छन् । बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समाधान हुन्छ भने राहदानी दिन बन्द गरौँ, सबै नेपालमै बसेर खेतबारी जोत्ने, कलकारखाना चलाउनेतिर लाग्छन् । होइन भने हाम्रो शिक्षाभित्र अन्तर्राष्ट्रिय रुपमा हाम्रा विद्यार्थीले प्राप्त गर्नसक्ने अवसर यही सिर्जना गर्नुपर्छ ।’ पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताए । 

राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने  बताइन् । आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विदेश जाने क्रम रोक्नका लागि सबैभन्दा पहिला नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताइन् । 

पैड्यालले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरु समाज, नयाँ ठाउँका लागि र गुणस्तरीय शिक्षाका लागि नै जाने गरेको उल्लेख गर्दै सरकारले सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताइन् । उनले गुणस्तरीय शिक्षा सहज तरिकाले पाउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताइन् । 

Advertisement

Advertisement