नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ । 

उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज एशोसिएसन सह आयोजकका रुपमा रहनेछन् । 

Advertisement

दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दुतावासका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितीमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नेपाल स्थित चिनियाँ दुतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

रेसका लागि चीनबाटै आठ वटा विशेषखालका वोट सहित अन्य सहभागीहरु नेपाल आउने छन् । फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागिता गराइने छ । 

कार्यक्रममा बोल्दै पोखरामा मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए । यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताए । 

बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए । 

सो अवसरमा फुड फेस्टिवल समेत आयोजना गरिने भएको  छ ।

Advertisement

Advertisement