सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला (अपडेट)

Advertisement

काठमाडौं । जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना भएको छ । ​संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर दुर्घटना भएको बताए ।

घट्नास्थलमा पाइलट क्या. सुरेन्द्र पौडेल सकुशल भेटिएका छन् । सखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले भोटखोला ४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको बताएका छन् । उनले दुर्घटनाग्रस्त हेलिकप्टरको तस्वीर पनि सार्वजनिक गरेका छन् । 

Advertisement

घिमिरे भने घटनास्थलबाट धुवाँ आइरहेको देखिएको बताए पनि हेलिकप्टरमा आगलागी भएको देखिन्न । उनले उद्दारका लागि गृह मन्त्रालयले टोली पठाइसकेको बताए । 

यता नागरिक उड्डयन प्राधिकरणले भने हेलिकप्टर दुर्घटनामा परेको आशंका मात्रै गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले संखुवासभाको उत्तरतर्फ हेलिकपटर सम्पर्कविहीन भएको खबर आएको बताए । 

दिउसो १ बजे सम्पर्कविहीन भएको यो हेलिकप्टरमा चालक दलका दुई जना सदस्य रहेको हुनसक्ने निरौलाले बताए । हेलिकप्टर के सामान बोकेर गएको हो रु जानकारी आइनसकेको उनले बताए । 

Advertisement

Advertisement