काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालले आफ्नो २८औँ वार्षिक साधारण सभा र ९औँ राष्ट्रिय सम्मेलन तथा २९औं स्थापना दिवस सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टील्स लिमिटेडका महाप्रबन्धक मनोज तिवारीले मन्तव्य राख्दै नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको महत्व र यसको विकास र प्रवर्द्धनमा महासंघको भूमिकाबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा जगदम्बा स्टील्सले ग्याल्भाल्युम रं‌गीन जस्तापाता, जगदम्बा सुपर शाइन र जगदम्बा गाल्भा प्लसका लागि आफ्नो नयाँ अभियान ूफेब्रिकेटर्स रिवार्ड योजना सार्वजनिक गरियो । यस अभियान मार्फत जगदम्बा स्टील्सले आफ्नो ग्याल्भालुम रंगीन जस्तापातालाई आफ्नो परियोजनाहरूमा प्रयोग गर्ने महासंघका सदस्य फ्याव्रीकेटरहरूलाई रिवार्ड प्रदान गर्दै दुर्घटना बीमाका माध्यबाट उनीहरुको बिकासमा सहयोग र सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।
फयाव्रीकेटर्स रिवार्ड योजना फ्याब्रिकेटर्सहरुलाई प्रोत्साहन गर्न र लाभ प्रदान गर्न तयार गरिएको योजना हो । यस योजना अन्तर्गत जगदम्बा सुपरशाइन वा जगदम्बा गाल्भा प्लस् प्रति वर्ष ५ देखि १० टन किन्ने फ्याब्रिकेटर्सले प्रतिकिलोग्राम १ रुपियाँ र प्रतिवर्ष १० टन भन्दा बढी किन्नेले प्रतिकिलोग्राम १.५० रुपियाँ प्राप्त गर्नेछन् । जसमा ५ लाख बराबरको एक वर्षको दुर्घटना बीमा पनि समावेश गरिनेछ ।