काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा विमास्थल फर्किएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले श्री एयरलाइन्सको भैरहवाबाट ९ः४० बजे काठमाडौंतफ उडान गरेको जहाजको ल्याडिङ गियर भित्र जानु पर्नेमा नगएपछि केही बेर होल्ड गरेको बताए । होल्ड गरेर जाँच गरिसक्दा पनि ल्यान्डिङ गियर भित्र नगएपछि जहाज त्यसको १८ मिनेटमा भैरहवा विमानस्थल नै फकेर अवतरण गरेको हो ।
उनले भने, ‘जहाज नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज अहिले भैरहवा विमानस्थलको रनवेमा छ । जहाजको अगाडिको नोज विलमा समस्या भएकोले भैरहवा विमानस्थलमै फर्किएको हो ।
जहाजबाट यात्रुहरुलाई निकालेर जहाजलाई अहिले पार्किङमा राखिएको छ ।’