श्री एयरलाइन्सको उडानमा रोक, इन्जिनियरहरु पनि निलम्बित

Advertisement

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा विमास्थल फर्किएको घटनालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडान सेवाको जहाज नम्बर ९ यान–एनइको उडानलाई निलम्बित गरेको छ । 

प्राधिकरणले सोमबार सूचना जारी गर्दै उक्त जहाजको उडान निलम्बित गरेको जनाएको हो । श्री एयरलाइन्सको यो जहाज शनिबार पनि धनगढी विमानस्थलमा अगाडिको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो । 

Advertisement

यो जहाज उडानमा संलग्न इन्जिनियरहरूलाई पनि अर्को सूचना नआउन्जेल निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले श्री एयरलाइन्सको जहाज भैरहवाबाट ९ः४० बजे काठमाडौंतफ उडान गरेकोमा ल्याडिङ गियर भित्र जानुपर्नेमा नगएपछि केही समय होल्ड गरेको, होल्ड गरेर जाँच गर्दा पनि ल्यान्डिङ गियर भित्र नगएपछि जहाज १८ मिनेटमा भैरहवा विमानस्थलमा नै फर्किएर अवतरण गरेको बताएका थिए । 

एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको यो जहाजको अगाडिको नोज विलमा समस्या भएकोले यस्तो खालको समस्या आएको जनाइएको छ । 

Advertisement

Advertisement