पोखराको बाराही ग्रुपले काठमाडौंमा निर्माण गरेको बाराही प्लाजा डेढ महिनामा सञ्चालन हुने

Advertisement

काठमाडौं । पोखराको बाराही समूहको लगानी रहेको केशलमहलस्थित बाराही प्लाजाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक अर्बभन्दा बढी लगानी रहेको यो प्लाजा अबको डेढ महिनामा सञ्चालनमा आउने उक्त समूहका भाइस प्रेसिडेन्ट एल. बरुण कुमारले जानकारी दिए । 

पोखराको बाराही हस्पिटालिटि एण्ड लिजर (होटल बाराही)ले निर्माण गरेको बाराही प्लाजा यही जेठ १ गते सफ्ट उद्घाटन गरिने उनले बताए । बरुण कुमारले बाराही समूहले आफूले लगानी रहेका सबै व्यवसायमा राम्रो गर्दै आएकाले बाराही प्लाजामा पनि राम्रो व्यवसाय गर्न सफल हुने विश्वास व्यक्त गरे । 

Advertisement

उक्त समूहको पोखरामा होटल बाराही, सराङकोट माउन्टेन लज र चितवनमा बाराही जंगल लज छन् । नयाँ परियोजनामा लगानी विस्तार गर्ने क्रममा सो समूहले पोखरामा ‘बाराही सिद्दी’ नामक सुविधासम्पन्न पाँच तारे होटल पनि सञ्चालनको तयारी गरेको छ । 

बाराही प्लाजामा रहेको भुई तल्ला, पहिलो र देस्रो तल्लामा सपिङ मह रहने छ भने तेस्रो तल्लादेखि माथि नौ तल्लासम्म होटल रहने बरुण कुमारले बताए । होटलको सातौ तल्लामा मल्टि कुजिन रेस्टुरेन्ट, आठौं तल्लामा सानो ब्याङक्वेट र नवौं तल्लामा लाउन्ज एण्ड बार राख्ने योजना रहेको पनि उनले बताए । यस होटलमा ८० वटा रुमहरु रहने छन् ।  पौडी पोखरीसमेत रहने यस होटल बाराही काठमाडौंबाट शहरको मनमोहन दृश्यावलोकन गर्न सकिने छ । 

सपिङ मल सञ्चालनका लागि भाडामा दिन लागिएको खण्डमा २५ प्रतिशत भाग बिक्री भइसकेको पनि बरुण कुमारले बताए ।  सपिङ मलमा ‘लक्जरी स्टोर’हरु पनि रहने र अन्तर्राष्ट्रिय तथा आन्तरिक ब्रान्डका सामानहरु रहने उनले बताए । बरुण कुमारले आफूहरुले अधिकांश विदेशमा काम गरेर फर्किएकालाई काममा राखेको बताए । अहिले नै ८० जना कर्मचारीले काम गर्न थालिसकेको उनले जानकारी दिए । 

हरिप्रसाद पौडेल अध्यक्ष रहेको बाराही समूह विगत चार दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय छ । सो समूहले विभिन्न व्यवसायमा गरी छ सय जनालाई रोजगारी दिएको बताएको छ । 

Advertisement

Advertisement