विश्व कीर्तिमानी कामिरितापछि पासाङले गरे सगरमाथाको २६औं पटक सफल आरोहण

Advertisement

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण हिजो सम्पन्न भएको छ । यसपटक पासाङ दावा शर्पाले सगरमाथाको २६औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका छन् । 

यसअघि गत वर्षको वसन्त ऋतुमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सगरमाथाको २६ औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । उनी पछि सगरमाथाको २६ औं पटक आरोहण गर्ने व्यक्ति बनेका छन्, पासाङ दावा शर्पा ।

Advertisement

इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाका अनुसार इमाजिन नेपाल ट्रेक्सका पासाङ दावा शर्पाले आज बिहान ९ बजेर ६ मिनेटमा सगरमाथाको २६ औं पटक सफलतापूर्वक आरोहण गरेका छन् । उनीसँगै हंगेरीका मार्टन पीटर प्राइसले पनि सगरमाथाको सफल आरोहण गरेका प्रबन्धक दावा फुुटी शेर्पा जानकारी दिइन् । 

पासाङ दावा शर्पाको जन्म पाङ्बोचेमा भएको हो । १९९८, १९९९, २००२, २००३, २००४, २००६ मा दुई पटक, २००७ मा दुई पटक, २००८, २००९, २०१०, २०११, २०१२ मा दुई पटक, २०१३, २०१६, २०१७ मा दुई पटक, दुई पटक २०१८, २०१९, दुई पटक २०२२ र २०२३ मा गरी उनले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । 

Advertisement

Advertisement