देश लोडसेडिङमुक्त भनेर सबै मक्ख पर्यौं, पारियौं, तर भित्री तितो यथार्थ अर्कै थियोः भट्टराई

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश लोडसेडिङमुक्त भनिए पनि अझै लोडसेडिङमुक्त नभएको बताएका छन् । जडित क्षमताको ३० प्रतिशत मात्रै विद्युत उत्पादन भई औद्योगिक क्षेत्रले लोडसेडिङको सामना गरिरहेको बेला उनले सामाजिक सञ्जालमार्फत लोडसेडिङ अन्त्यका लागि बुढीगण्डकी जस्ता जलाशययुक्त आयोजना निर्माण गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।  

भट्टराईले ‘देश लोडसेडिङ मुक्त भनेर सबै मक्ख पर्यौं?पारियौं, तर भित्री तितो यथार्थ अर्कै थियो । अहिले क्रमसः खुल्दैछ’ भन्दै बुढीगण्डकी चाँडै बनाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यसको (लोडसेडिङको) दिगो समाधान भनेको कमसेकम एउटा ठूलो जलाशययुक्त योजना राज्य आफैंले छिटो पूरा गर्नु हो । त्यो भनेको बुढीगण्डकी परियोजना नै हो ! अब कुनै किन्तुपरन्तु नगरी छुट्टै बुढीगण्डकी जलाधार विकास प्राधिकरण (मातहत विभिन्न कम्पनी)गठन गरेर बुढीगण्डकी बहुउद्देश्यीय परियोजना छिटो निर्माण गरौं !’ 

Advertisement

विशेषगरी औद्योगिक क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले गरिरहेको चर्को र अघोषित लोडसेडिङको उद्योगी व्यवसायीले चर्को आलोचना गर्दै आएका छन् । उनीहरुले लोडसेडिङ तालिका ननिकाल्दा आफूहरुले ठूलो क्षति समेत भोग्नुपरेको बताएका छन् । 

Advertisement

Advertisement