काठमाडौं । बुद्ध एयरले एटीआर–७२ जहाजबाट आजदेखि काठमाडौं–तुम्लिङटार दैनिक उडान शुरु गरेको छ । ।
उक्त एयरलाइन्सले हालसम्म एटीआर–४२ जहाजबाट उक्त गन्तव्यमा उडान सेवा दिँदै आएको थियो ।
ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा दर पनि थप सस्तो र उडान सरल हुने कम्पनीको विश्वास छ ।