सामान्य बढ्यो शिखर इन्स्योरेन्सको नाफा, जगेडा कोषको आकार पौने २ अर्ब

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

गत आवको पहिलो त्रैमाससम्म ११ करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ११ करोड ५२ लाख रुपियाँ कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो ।

Advertisement

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.५७ प्रतिशतले बढेर २८ करोड २२ लाख रुपियाँ छ भने कुल आम्दानी १.८८ प्रतिशतले घटेर ५५ करोड १७ लाखमा सीमित भएको छ । 

साथै, कम्पनीको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको छ भने कुल खर्च ३.१७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४३ पैसा बढेर १७.३६ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०९.६२ रुपियाँ र मूल्य आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ । 

२ अर्ब ६५ करोड ४९ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडामा १ अर्ब ७६ करोड रुपियाँ , महाविपत्ती कोषमा १४ करोड ५७ लाख रुपियाँ सञ्चित छ । 

Advertisement

Advertisement