अर्थतन्त्र लयमा आउन थालिसक्यो, निराश हुनुपर्दैनः सचिव मरासिनी

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गत वर्षको बजेटमा नै नेपाली बजारमा कम्तिमा २० प्रतिशत नेपाली उत्पादन राख्नुपर्छ भन्ने नीति बनाए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबारबाट सुरु भएको चेम्बर एक्स्पो उद्घाटनका क्रममा उनले यो कुरा बजेटमा नै नीतिगत व्यवस्था गरे पनि कसले कार्यान्वयनमा ल्याउने भन्ने बारेमा कोही जिम्मेवार नभएको बताए । 

Advertisement

मरासिनीले सरकारले काम गरेन भन्ने कुरा तत्काल बिक्ने गरेको तर गरेको कामको चर्चा हुने नगरेको बताए । उनले तत्कालका लागि २० प्रतिशत भन्यो बिस्तारै ४० प्रतिशत बनाउँदै विदेशी उत्पादन बिस्थापित गर्न सकिने बताए । 

मरासिनीले सरकारले निजी क्षेत्रको लागि नीति बनाएन भन्ने तर निजी क्षेत्रले पनि बनाएको नीतिलाई हेरेर कार्यान्वयन गर्न नसकेको आरोप लगाए । उनले नेपालमा नकारात्मक कुरा बढी बिक्ने गरेको बताए । 

अहिले अर्थतन्त्र समस्या देखिएको र अर्थतन्त्रमा आउने उतारचढावलाई सामान्य रुपमा लिनुपर्ने बताउँदै मरासिनीले गत वर्षको भन्दा अर्थतन्त्र लयमा आउन थालेकोले निराश हुनुपर्ने अवस्था नरहेको जिकिर गरे । 

Advertisement

Advertisement