ऋषी धमलाले युवराजलाई उक्साएर ममाथि आक्रमण गर्न लगाएजस्तो लाग्योः यज्ञमणि

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्वद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले शुक्रबार प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा कार्यक्रम प्रस्तोता ऋषि धमलाले युवराज सफललाई उक्साएर आफूमाथि हात हाल्न लगाएको हुनसक्ने आशंका गरेका छन् । 

उनले कार्यक्रम प्रसारणअघि ऋषीले युवराज सफलसँग कानेखुशी गरेको बताउँदै योजनावद्धरुपमा आफूमाथि हात हाल्न लगाएको हुनसक्ने बताए । न्यौपानेले आफूलाई एकलरुपमा अन्तरवार्ताका लागि बोलाए पनि युवराज सफल जस्तो अराजक व्यक्तिसँग जबरजस्ती अन्तरवार्ता गराउने काम गरेको बताएका छन् । 

Advertisement

स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध मुद्दा हाल्दै र गाली गर्दै आएका युवराज सफलले पछिल्लो समय लामिछानेविरुद्ध पुनः अर्को मुद्दा दायर गरेका छन् । यज्ञमणिले युवराज सफल अदृश्य शक्तिबाट परिचालित व्यक्ति भएको आरोप लगाएपछि युवराज आक्रोसित भएर न्यौपानेलाई अमेरिकी दलाल भन्दै हात हालेका हुन् । 

सामाजिक सञ्जालमा यज्ञमणिले लेखेका छन्, ‘हिजो प्रसारित अस्तीको दिन रेकर्डेड ‘जनता जान्न चाहान्छ्न’ कार्यक्रममा मलाई एकल बहस भनी निम्ता गरि झुक्याएर युवराज सफल जस्तो अराजक व्यक्ति, जो कि मैले अगाडि नै म त्यो मान्छेसँग बहस गर्दिन भनेको थिए, सँग बहसमा होमियो । माइक लगाइ सकेपछि धमलाले सफललाई बाहिर लागि एक मिनेट के खासखुस गरे ? मलाइ थाहा छैन । त्यहाँ भएका सबै कुराहरु नदेखाइ काँटछाँट गरी प्रसारण गरिएको रहेछ । मैले यो अन्तरवार्ता पोस्ट नगर्नुस्, मलाई एस्तो सस्तो चर्चाले लोकप्रिय हुनुछैन भनेको थिए । अन्तरवार्ता मा नै त्यस्तो अराजक अभद्र अमर्यादित हुँदासमेत नियन्त्रण गर्न नसक्नु धमलाको योजना हो वा कमजोरी मलाई थाहा छैन् । म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुसासन तथा आचरण समिति सदस्य भएको कारणले र मेरो स्वअनुसासनले त्यस्तो उसको जस्तो मुडे बल देखाउन सकिन् । कार्यक्रम पश्चात् मैले प्रहरी समेत बोलाएको थिए । तर धमलाजीले प्रहरीलाई रोकेछन् । नेपालीमा उखान छ नि ‘गु कोट्याउए आफ्नै हात गन्हाउछ।’ यो कार्यक्रम, कार्यक्रम सुरु हुनुपुर्वको धमला र सफलको गोप्य कुराकानीको परिणाम हो कि जस्तो आभास भइरहेको छ । 

Advertisement

Advertisement