काठमाडौं । चाइनाको सिचुवान एयरलाइन्सले २२ जुनबाट पोखरामा चार्टर्ड उडान सुरु गर्ने भएको छ । ८ वर्षबाट प्रक्रियामै रहेको एयरलाइन्सको उडान सुरु हुने भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
आज मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराती र एयरलाइन्सका अध्यक्ष शि जुईसंग भेटवार्ता भएको हो ।
नेपालको पर्यटन, सस्ंकृतिक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने कुराकानी भएको थियो । नेपालमा धेरै घुम्ने ठाउँहरु रहेको र चीनियाँ नागरिकहरुलाई नेपाल भ्रमणका लागि आह्वान गर्न मन्त्री किरातीले अध्यक्ष शि जुईसंग आग्रह गरे ।