सिद्धार्थ बैंकद्वारा विश्व वातावरण दिवसमा विभिन्न कार्यक्रम आयोजना

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । 

यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनस्प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Advertisement

बैंकले वृक्षारोपण तथा सरसफाई कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथ(साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम समेत आयोजना गरेको थियो। यस्ता कार्यकहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने बैंकले विश्वास राखेको छ ।

बैंकले वातावरण संरक्षणका निम्ति से नो टु प्लास्टिक नारालाई अवलम्वन गर्दै बैंकको आधिकारिक  टिकटक पेजमा बिट प्लास्टिक पोलुसन विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरको थियो । 

त्यस्तै यहि नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनस्प्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरेको थियो । साथै वातावरण संरक्षणलाई थप टेवा पु¥याउन बैंकले सो दिनलाई नो प्रिन्ट डे पनि घोषणा गरेको थियो ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९५ वटा शाखा, २२० वटा एटिएम र ५ वटा एक्स्टेन्सन् काउन्टरबाट ग्राहकलाइ आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
 

Advertisement

Advertisement