तीन वटा विमान खरिद गर्ने प्रक्रिया छिट्टै अघि बढ्छः किराती

Advertisement

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले निकट भविष्यमै तीन वटा विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् । 

खोटाङको हलेसीमा स्थानीय समुुदायसँग भेटघाट गर्ने क्रममा बिहीबार किरातीले पर्यटन प्रर्वद्धनका लागि त्रि–धार्मिक स्थल हलेसीको विकास गर्न अपिरहार्य रहेको हलेसी तुवाचङ क्षेत्रमा खुल्ला सांस्कृतिक संग्राहलय निर्माण गर्न सरकारले तयारी गरेको बताए । 

Advertisement

सरकारले नीति कार्यक्रममै हलेसी क्षेत्रको पूर्वाधार विकासका लागि योजना बनाएको उनको भनाई छ । हलेसी क्षेत्रको विकासका लागि मुलुकको अन्य ठाउँहरुमा समेत प्रचार गर्न आवश्यक रहेको बताउँदै मन्त्री किरातीले आउने दिनमा नेपाल छिर्ने मुख्य नाकाहरु समेत प्रचारका लागि होडिङ बोर्ड राख्नुुपर्ने बताए । 

विभिन्न मुलुकबाट आउने पाहुनाहरुलाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिनेगरी योजना निर्माण आजको आवश्यकता रहेको मन्त्रीले बताए । 
कार्यक्रममा हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले हलेसी क्षेत्रको विकासले हलेसी क्षेत्रको मात्र नभई मुलुकै आर्थिक समृद्धि हुने बताए । उनले हलेसी मन्दिर तथा गुफा नजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको बताए । 

हलेसी तुवाचङ नगरपालिकाको प्रमुख बिमला राईले हलेसीमा मन्त्री किरातीलाई स्वागत गर्दै यस क्षेत्रको विकासका लागि थप आवश्यक पहल गरिदिन आग्रह गरे । उनले हलेसी मै बुनिएको खाँडीको कपडा चिनो स्वरुप प्रदान गर्दै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी दिए ।

Advertisement

Advertisement