शुरु भयो निजामती कर्मचारीको प्रतिभा प्रष्फुटन कार्यक्रम ‘डबली’

Advertisement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा प्रष्फुटनका लागि प्रतिभा डबली कार्यक्रम सुरु भएको छ ।

कार्यक्रम जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा कार्यक्रम सुरु भएको हो । 

Advertisement

यसका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न यो कार्यक्रम सञ्चालन गरिएको स्टुडियोका कार्यकारी निर्देशक छिरिङ लामाले जानकारी दिए । 

कार्यक्रममा विभिन्न कार्य क्षेत्रका सहभागीको विचारलाई परिष्कृत गरिनेछ ।  कार्यक्रमले सहयोग, सिकाइ र वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्ने जनाइएको छ । सहभागीले नयाँ दृष्टिकोण अन्वेषण गर्न, बहुमूल्य अन्तरदृष्टि प्राप्त गर्न र निजामती कर्मचारीले सामना गर्ने चुनौतीको लागि नवीन समाधान विकास गर्न सक्ने विश्वास गरिएको उनले बताए । 

अन्तिम चरणबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिने छ । प्रतिभा डबलीको अन्तिम चरणको कार्यक्रम असार ४ गते हुनेछ  ।
 

Advertisement

Advertisement