काठमाडौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना अध्ययन समितिले प्रतिवेदन बुझाएको छ ।
समितिले ४५ दिन लगायत गरेको अध्ययन तथा अनुसन्धान प्रतिबेदन संस्कृति पर्यटन तथा नागरिक उडड्यानमन्त्री सुदन किरातीलाई बुझाएको हो ।
प्रतिवेदनमा रैथानेको परिभाषा, विभिन्न जातिका सीप, कला संस्कृतिलाई उजागर गर्न समुदायगत सहभागिता (गुठियार) पद्धतिबाट विश्वविद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरिएको समितिका सदस्य प्राज्ञ राजन मुकारुङ्ले बताए ।
प्रतिवेदनको गहिरो अध्ययन गरी विद्यालय स्थापनाको प्रकियाको बाँकी काम अगाडि बढाइने मन्त्री किरातीले बताए ।
डाक्टर मानबहादुर विकको संयोजकत्वमा बनेको ५ सदस्य समितिले ३३ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । समितिको सदस्यमा प्राज्ञ राजन मुकारुङ, मुन्धुमविद भोगिराज चाम्लिङ, कानुनविद् गिता चौधरी र सदस्य सचिवमा डाक्टर शुरेस सुरस थिए ।