अग्ला ७ वटा हिमाल चढेकी श्रेष्ठ दोस्रो अग्लो हिमाल केटु आरोहण गर्दै

Advertisement

काठमाडौं । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने योजनामा रहेकी फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले विश्वकै दोस्रो अग्लो हिमाल केटु (८,६११ मि.)को आरोहण गर्ने भएकी छन् । 

पाकिस्तानमा रहेको केटु हिमालको आरोहण गर्न आगामी बुधबार पाकिस्तान जान लागेको उनले कर्पोरेटनेपाललाई बताइन् । केटुको सफल आरोहणपछि ब्रो पिक, गाशरब्रम–१, गाशरब्रम–२ पनि आरोहण गर्ने योजना बनाएको उनले सुनाइन् । 

Advertisement

केटु र ब्रो पिकबाहेक अरू हिमाल आरोहणको अनुमतिको प्रक्रिया भने बाँकी रहेको उनले बताइन् । उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमालको सफल आरोहण गरिसकेकी छन् । 

गोरखा आरुघाट निवासी श्रेष्ठले सगरमाथा, २०१७ मा मनास्लु, धवलागिरि, अन्नपूर्ण, ल्होत्से, कञ्चनजङ्घा, मकालुको सफल आरोहण गरेकी थिइन् । यही शरद ऋतुमा फेरि उनले मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेक्ने बताइन् ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये उनले आरोहण गर्न बाँकी रहेका हिमालहरु केटु, नङ्गा पर्वत, गाशरब्रम–१, गाशरब्रम–२, ब्रोडपिक, चो ओयु, शिशपाङ्मा हुन् । 

Advertisement

Advertisement