काठमाडौं । एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद (एलपी) दासले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो चार वर्षे कार्यकाल सक्किएसँगै पदबाट बाहिरिएका हुन् ।
दासको कार्यकाल छ महिनाअघि नै सक्किए पनि एलआईसी नेपालको मुख्य लगानीकर्ता लाइफ इन्स्योरेन्स कर्पोरेशन इण्डियाले नयाँ सीईओ पठाउन ढिलाई गरेपछि उनको कार्यकाल छ महिना थप गर्न नेपाल बीमा प्राधिकरणले अनुमति दिएको थियो ।
अहिले दासको ठाउँमा प्रणय कुमार आइसकेका छन् । दासले राजीनामा दिएसँगै कम्पनीले प्रणय कुमारलाई सीईओको जिम्मेवारी दिने सहमति भइसकेको उक्त कम्पनीका सचिव सुदर्शन गिरीले बताए ।