काठमाडौं । शैक्षिक परामर्शका क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको प्रतिष्ठित संस्था एईसीसी नेपालले यही आउँदो असार ६ गतेबाट शैक्षिक मेला (एजुकेशन फेयर २०२३) आयोजना गर्ने भएको छ ।
मेला पहिलो दिन असार ६ गते राजधानी काठमाडौंमा, दोस्रो दिन असार ७ गते चितवनमा र तेस्रो दिन असार ८ गते पोखरामा आयोजना हुनेछ ।
मेलामा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, न्युजिल्याण्डका उत्कृष्ट विश्वविद्यालयहरुका साथै आईईएलटीएस, टोफल, पीटीईका प्रतिनिधिसँग विदेश अध्ययनका लागि भर्ना, छात्रवृत्ति, वित्तीय व्यवस्थापन, भिसा डकुमेन्टेशन जस्ता कुराहरुमा छलफल र परामर्श लिन सक्नेछन् ।
साथै, विद्यार्थीहरुले एकै छातामुनी नेपालका बैंकहरुसँग फाइनान्स (वित्तीय व्यवस्थापन)का बारेमा पनि जानकारी लिनसक्ने एईसीसीले जनाएको छ ।
मेलामा विद्यार्थीहरुले पाउने सुविधाहरुः
– सबै सहभागीका लागि निःशुल्क आईईएलटीएस, पीटीई मक टेष्ट
– निःशुल्क करियर काउन्स्लिङ
– छात्रवृत्ति मूल्यांकन
– वित्तीय र भिसा प्रक्रिया परामर्श
– आईईएलटीएस, पीटीई र टोफल परीक्षा तयारी कक्षामा ३० प्रतिशतसम्म छुट, क्यास ब्याक अफर, कुइज र गिफ्ट ह्याम्पर
– मिस नेपाल २०८० सँग भेटघाट
स्थानः काठमाडौं, डिल्लीबजार, चारखाल, सनराइज बिल्डिङ, नवौं तल्ला
मिति र समयः असार ७ गते , बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म
सम्पर्क नं.: ९८०१९०६०१३
स्थानः चितवन, लाइयन्स चोक, नेपाल बैंक बिल्डिङ, भुइँ तल्ला
मिति र समयः असार ८ गते, बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म
सम्पर्क नं.: ९८५१२०३९८२
स्थानः पोखरा ट्रेड मल, चिप्लेढुंगा, तेस्रो तल्ला
मिति र समयः असार ८ गते, बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म
सम्पर्क नं.: ९८०१९०६०१३
Free Registration link: https://bit.ly/42zP13F