अर्याल मुख्यसचिव बन्दा बैरागी राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार नियुक्त

Advertisement

काठमाडौं । पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारको जिम्मा दिएको छ । बैरागीलाई सरकारले बिहीबार सल्लाहकारको जिम्मा दिएको हो ।

मुख्य सचिवमा डा. बैकुण्ठ अर्याललाई जिम्मा दिएपछि उनलाई मनाउन अर्को जिम्मेवारी दिइएको हो । मुख्य सचिव अर्यालको सचिव पद सकिन केहि महिना मात्रै बाँकी रहँदा उनी मुख्य सचिव बन्न भन्दै विभिन्न व्यावसायिक घराना कहाँ पुगेका थिए ।

Advertisement

बैरागीले ३ वर्षे कार्यकाल पुरा गर्दा अर्यालको मुख्य सचिव बन्ने चाहाना पूरा नहुने भएपछि उनलाई सरकारले सल्लाहकारको अफर गरेको हो । बैरागीले बिहिबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

Advertisement

Advertisement