सानिमा जीआइसी इन्स्योरेन्सले गर्यो पाँचौं वार्षिक साधारण सभा

Advertisement

काठमाडौं । गत वर्ष लक्ष्मीपूजाको साइतमा मर्जरमा गएको सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

बैशाख महिनाको अन्तिममा साधारण सभा गर्ने कम्पनीले बताउँदै आए पनि विभिन्न कारणले एक महिना ढिलाई हुन पुगेको हो । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बराबरी हैसियतमा मर्जरमा गएका हुन् । 

Advertisement

सोही सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, साविकको सानिमा जनरल इन्स्योरेन्सको लेखापरिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८।७९ असार मसान्तको वासलात र २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्मको नाफा नोक्सान, हिसाव नगद प्रवाहसँग सम्बन्धित अन्य अनुसूचिहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण छलफलसहित पारित भयो । 

उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट कुनल कयाल, मिता मुरारका अग्रवाल, दिलिप श्रेष्ठ सञ्चालक निर्वाचित भएका छन् ।

Advertisement

Advertisement