बान्चरे डाँडा ‘ल्याण्डफिल्ड साइट’मा मानव अस्थिपञ्जरहरु भेटिए (भिडियोसहित)

Advertisement

काठमाडौं । नुवाकोटको बान्चरे डाँडा ‘ल्याण्डफिल्ड साइट’मा मानव अस्थिपञ्जरहरु भेटिएका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा एक बाक्सा स्थानीयले खन्याउँदा मानव अस्थिपञ्जरहरु भेटिएका हुन् । 

ती मानव अस्थिपञ्जर कहाँबाट कसरी पुगे ? रहस्यमय देखिन्छ । कतिपयले माओवादीको सशस्त्र द्धन्द्ध कालका हुनसक्ने अडकल गरेका छन् भने कतिपयले आपराधिक समूहले हत्या गरेर फालेको हुनसक्ने अडकल गरिएको छ ।

Advertisement

फोहोर खोज्नेले फोहोर खोज्दै जाँदा मानव शरीरको टाउको र अरु हड्डीहरु भेटिएको स्थानीय चिलाउने गाउँका श्याम तामाङले बताए । साथै, फोहोरसँगै लगिएको मरेको गाईलाई भने स्थानीयले फोहोर लैजाने गाडीमा नै हालेर काठमाडौं फिर्ता पठाइदिएको तामाङले बताए । 

बन्चरे डाँडामा फोहोर फाल्ने क्रममा स्थानीयहरु विभिन्न ढंगबाट प्रभावित हुनुका साथै उनीहरुको स्वास्थ्य र जीवनयापनमा समेत धेरै असर पर्ने गरेको छ ।  मानव अस्थिपञ्जरहरु सोही ठाउँमा खाल्टो खनेर स्थानीयले पुरिदिएको उनले बताए । 

Advertisement

Advertisement