पानी खतराको तहभन्दा माथि पुगेपछि गण्डक बाँधका सबै ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

Advertisement

काठमाडौं । नारायणी नदीको पानीको सतहले खतराको तह पार गरेसँगै गण्डक बाँधका सबै ३६ वटा ढोका खोलिएको छ । 

बिहीबार बेलुकीदेखि सुरु भएको भारी अविरल बर्षासँगै नारायणी नदीमा ठूलो बाढी आएको छ । गण्डक बाँध निकै पूरानो भइसकेकाले अहिले चार लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने बताइन्छ । 

Advertisement

खतराको उक्त तहभन्दा माथि पानी पुगेपछि बाँधका सबै ढोका खोलिएको हो । नेपाल गण्डक पश्चिम नहर सिचाइँ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर तीलकराम बुढाथोकीका अनुसार गण्डक बाँधमा अहिले पाँच लाख ७४ हजार क्यूसेक पानी पुगेको छ । 

नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले नवलपरासीको त्रिवेणी र भारतको बिहारस्थित भैंसालोटन जोडेको छ । पानीको सतह खतराको विन्दुमा पुगेपछि तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहने सूचित गरिएको छ । साथै, संभावित जोखिमलाई मध्यनजर गर्दै उद्दार संयन्त्रलाई पनि तयारी अवस्थामा राखिएको स्थानीय प्रशासनको भनाई छ । 

Advertisement

Advertisement