काठमाडौं । एमभी. दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकाको मेरिल्याण्ड राज्यसभाले सम्मान गरेको छ । उनलाई बिहीबार सो सम्मान प्रदान गरिएको ग्रुपले जनाएको छ ।
सम्मान पाउने दुगड़ पहिलो नेपाली पनि हुन् । विगत लामो समयदेखि नेपालको आर्थिक विकास तथा रोजगारी सिर्जनामा पुर्याएको योगदानको लागि सम्मान गरिएको एमभी दुगड़ ग्रुपको विज्ञप्तिमा उल्लेख छ ।
दुगड़ परिवारको व्यवसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एमभी दुगड़ ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरुमार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागि मातीलाल दुगड़ सक्रिय रहेको ग्रुपले बताएको छ ।
मोतीलाल दुगड़ एमभी दुगड़ ग्रुपको कार्यकारी अध्यक्ष हुन । नेपालको बैंकिङ, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरण लगायत आयात तथा बेचविखन कार्यमा यो समूहको लगानी तथा सक्रियता रहेको छ ।
दुगड़ विभिन्न सामाजिक तथा परोपकारी कार्यहरुमा पनि संलग्न छन् ।