प्रचण्ड गर्मीमा दैनिक ४–५ घण्टा लोडसेडिङ हुँदा तराईका जनता सुत्न पाएननः अग्रहरि

Advertisement

काठमाडौं । साँसद अमृतादेवी अग्रहरीले तराईमा दैनिक ४–५ घण्टा अघोषित लोडसेडिङ हुँदा स्थानीय जनतालाई गर्मीलाई सुत्न मुस्किल हुने गरेको बताएकी छन् । 

संसदमा शुक्रबार बोल्दै उनले कपिलवस्तु, रुपन्देही, नवलपरासीलगायतका जिल्लामा दैनिक चारदेखि पाँच घण्टा विद्युत कटौती हुने गरेको बताइन् । अग्रहरिले भनिन्, ‘यस्तो गर्मीमा लोडसेडिङ हुँदा त्यहाँका जनता परेसान छन् । राति सुत्न पनि एकदम कठिनाई हुन्छ । एक–दुई दिनसम्म सुत्न नपाएपछि उसको दिनभरी मुड कस्तो हुन्छ होला ?’ 

Advertisement

उनले बिद्युत उत्पादन बढाउन छोडेर लोडसेडिङ गर्न सरकार लागेको भन्दै आलोचना गरिन् । 

Advertisement

Advertisement