ललितपुरको इमाडोलमा बस दुर्घटना, डेढ दर्जन यात्रु घाइते

Advertisement

काठमाडौं । ललितपुरको इमाडोलमा शनिबार बिहान बस दुर्घटना भएको छ । लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस बाहुनधारा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

तीब्र गति चलाइएको बस अनियन्त्रित भई सडकमै पल्टिँदा बसमा सवारमध्ये १८ जना घाइते भएको र छ जना भने सकुशल रहेको इमाडोल प्रहरी प्रभागले जनाएको छ । 

Advertisement

घाइतेहरुको स्थानीय क्लिनिक र बी एण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । तस्वीर स्रोतः सामाजिक सञ्जाल

Advertisement

Advertisement