दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहको निधन
फाइल तस्बिर

Advertisement

काठमाडौं । दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

बझाङमा भएको गाडी सिंहसहित ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

Advertisement

घाइते मन्त्री सिंहलाई उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । उनलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

Advertisement

Advertisement