बजेटमा स्रोत र साधनको न्यायपूर्ण विनियोजन भएको छः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको विकासको लागि गर्नुपर्ने लगानी र आवश्यकताका आधारमा बजेट विनियोजन भएको बताएका हुन् । 

Advertisement

उनले मानव विकासका सुचकांकमा पछाडी परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत र साधनको न्यायपूर्ण विनियोजन गरिएको बताए । 

उनले भने– ‘देशको समग्र विकासको निम्ति सरकारले लिएका नीतिगत प्राथमिकता र विभिन्न विषय क्षेत्रको विकासको लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन भएको कुरा मैले यस अगाडी पनि जानकारी गराइसकेको छु । मानव विकासका सूचकांकमा पछाडी परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत, साधनको न्यायपूर्ण विनियोजन गरिएको कुरापनि म स्पष्ट गर्न चाहन्छु । राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील पनि छ । र प्रतिवद्ध पनि छ । सोही अनुसार विभिन्न नीतिगत, कानूनी र प्रक्रियागत सुधारहरुलाई निरन्तरता दिने कुरामा सरकार स्पष्ट रहेको जानकारी म गराउन चाहन्छु ।’

उनले राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील रहेको स्पष्ट पारे । 

Advertisement

Advertisement