साहसिक पर्यटनमा ‘रिभरफन रिसोर्ट’ प्रसिद्ध बन्दै, के के छन् सुविधा ? कति लाग्छ शुल्क ?

Advertisement

काठमाडौं । ‘रिभरफन रिसोर्ट’ पछिल्लो समय साहसिक पर्यटन क्षेत्रमा लोकप्रिय बनेको छ । रिसोर्टमा स्काई साइक्लिङ, क्यानोपी, वाक वाल क्लाइम्बिङ मोटर बोट याफ्टिङ र क्यानोनिङ, त्रिशुली नदीमाथि जिपलाइन गर्न सकिन्छ । 

साहसिक कुराहरुको मनोरञ्जन लिन अधिकांश आन्तरिक पर्यटकहरु आउने गरेको कम्पनीका प्रवन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए । यी तीन वटै खेल एकै पटक खेल्नका लागि करिब एक हजार पाँच सय रुपियाँ मात्रको प्याकेज रहेको छ । 

Advertisement

‘एडभेञ्चर हब’को रुपमा विकास हुँदै गएको रिभरफन रिसोर्टमा अरु नयाँ साहसिक खेलहरू पनि सञ्चालनमा ल्याउने योजना सुनाउँदै अधिकारीले मानिसहरु आकर्षण बढ्दै गएको बताए । 

पृथ्वी राजमार्गसँगै जोडिएको यस रिसोर्टले सुरूदेखि नै साहसिक खेलअन्तर्गत त्रिशुली नदीमा र्याफ्टिङ र जिपलाइन सञ्चालन गर्दै आएको थियो ।  

जिपलाइनः
रिसोर्टसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ ५५८ मिटर लामो छ । जिपलाइन गर्दै त्रिशूली नदी माथिबाट रिसोर्टसम्म पुग्न सकिन्छ । जिपलाइन खेल्न नेपालीका लागि एक हजार रुपियाँ र विदेशीका लागि १५ डलर शुल्क तोकिएको छ ।  

स्काइ रोप साइक्लिङः
रिसोर्टमा सञ्चालनमा रहेको अर्को आकर्षण स्काइ रोप साइक्लिङ हो । यो खेल पर्यटकहरुको धेरै रोजाईमा पर्ने गरेको रिसोर्टको भनाई छ । डोरीमाथि साइकल चलाएर खेलिने यो खेलका लागि दुई वटा ट्रयाक भएकाले एकै साथ जोडीले पनि खेल्न मिल्छ । दुईतर्फी दुरी ३५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति सात सय रुपियाँ शुल्क तोकिएको छ । 

क्यानोपी वाकः
साहसिक खेलका लागि रिसोर्टमा क्यानोपी वाक पनि रहेको छ । करिब एक सय मिटरको क्यानोपी वाक गरेर मिनी जीपलाइन गर्ने र जीपलाइनपछि स्काईरोप साइक्लिङ गर्ने गरि तीन खेललाई समन्वय गरिएको छ । 

वाल क्लाइम्बिङः
भित्तामा चढ्ने यो साहसिक खेल पनि पर्यटकहरुले धेरै रुचाउने खेल हो । रिसोर्टले वाल क्लाइम्बिङलाई ट्रेनिङ सेन्टरको रूपमा समेत विकास गरेको छ । वाल क्लाइम्बिङका लागि ७५० रुपियाँ शुल्क तोकिएको छ ।  
मोटर बोटः
त्रिशूली नदीमा मोटर बोट रिसोर्टले पर्यटकहरुलाई उपलब्ध गराउँदै आएको अर्को आकर्षण हो । रिसोर्टबाट करिब तीन किलोमिटर दूरीसम्म मोटरबोटको मञ्जा लिन सकिनेछ । मोटर बोटको शुल्क ५५० रुपियाँ तोकिएको छ । नदीमा पानीको प्रवाह बढ्ने भएकाले असार, साउन र भदौमा भने मोटर बोट सञ्चालन गरिन्न । 

र्याफ्टिङ र क्यानोनिङः
रिसोर्टले त्रिशूली नदीमा र्याफ्टिङ र जलवीरेमा क्यानोनिङ गराउँदै आएको छ । रिसोर्टबाट करिब १५ किलोमिटर चितवनतर्फ रहेको जलवीरेमा क्यानोनिङ गर्ने तथा त्रिशूली नदीमा र्याफ्टिङको मज्जा लिन सकिन्छ । दुई सय मिटरको लम्बाईमा रहेको क्यानोनिङका लागि तीन क्षेत्र छुट्टाइएको छ । क्यानोनिङका लागि चार हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । 

Advertisement

Advertisement