कृषिलाई पर्यटनसँग जोड्न सके देश संवृद्ध हुन्छः पर्यटन राज्यमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाइली ठकुरीले कृषिलाई पर्यटनसँग जोड्न सके समग्र देशको र किसानको आर्थिक समृद्धि सम्भव रहेको बताएकी छन् ।  

असार १५ अर्थात राष्ट्रिय धान दिवसको कार्यक्रममा शुक्रबार नुवाकोटको बेलकोटगढीमा रोपाईं महोत्सव शुभारम्भ गर्दै उनले कृषकको पक्षमा सरकार रहेको र सरकारले कृषि उपजमा कर नलगाएको दावी पनि गरिन् । 

Advertisement

सिर्पाइलीले कृषि पर्यटनका लागि पहल भइरहेको बताइन । पर्यटन क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकोले कृषिलाई पर्यटनसँग जोड्नुपर्ने उनको भनाई छ । सिर्पाइलीले कृषिमा आत्मनिर्भरताका लागि समेत प्रेरित गर्न आफू धान रोपाईं कार्यक्रममा सहभागी भएको बताइन । 

बेलकोटगढी नगरपालिका र गाउँ पर्यटन प्रवर्द्धन मन्चले आयोजना गरेको धान रोपाईं कार्यक्रममा उनले धानमा नेपाललाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने बताइन् । 

रोपाईं महोत्सवमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी, बेलकोटगढी नगरपालिकाका मेयर, पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभाथी थिए । 

Advertisement

Advertisement