प्रकाशराज पाण्डेद्धारा युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको आरोहण

Advertisement

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् । 

उनले जुन २८ र २९ तारिख गरी दुई दिनमा दुई पटक माउन्ट एल्ब्रसको आरोहण गरेका हुन् । पाण्डेले माउन्टेन गाइड चतुर तामाङसँग माउन्ट एल्ब्रस चढेका हुन् । माउन्टेन गाइड चतुर तामाङले पनि १२८ औं पटक उक्त हिमालको सफल आरोहण गरेका हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । 

Advertisement

सातै महादेशका सबै अग्लो चुचुराहरू आरोहण पूरा गर्ने अभियानमा रहेका पाण्डेले चतुर ट्रेक तथा एक्सपेडिसन नामक कम्पनीबाट माउन्ट एल्ब्रस चढेका हुन् । उनी अब तान्जिानियास्थित अफ्रिकाको किलिमान्जारो हिमालको आरोहण गर्न प्रस्थान गर्ने छन् । पाण्डेले हालसम्म सगरमाथा, मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको सफल आरोहण गरिसकेका छन् । उनी नेपाल स्काउटका सदस्य पनि हुन् । 

Advertisement

Advertisement