ललिता निवास परिसरको जग्गामा भवन निर्माण कार्य रोक्न महानगरको आग्रह

Advertisement

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले  बालुवाटारस्थित ललिता निवास परिसरको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ । 

महानगरले सोमबार सुचना जारी गर्दै उक्त परिसरमा निर्माण हुने संरचनाको निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने भन्दै सो क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का गर्न आग्रह गरेको छ ।

Advertisement

महानगरको सूचना उल्लङ्घन गरी कसैले ललिता निवास परिसरमा भवन निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने र भत्काउन लागेको खर्च पनि घरधनीबाट सरकारी बाँकी सहर असुल उपर गरिने चेतावनी दिएको छ । 

Advertisement

Advertisement