रिलायबल नेपाल लाइफको आईपीओ असार २७ गतेदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार २७ गतेदेखि साउन १० गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ । 

बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता शेयर बिक्री गर्न लागिएको हो । 

Advertisement

कम्पनीलाई सेबोनले रु. १०० अंकित दरका कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ । 

कम्पनीले अंकित मूल्यमा १५७ रुपियाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपियाँमा आईपीओ जारी गर्न लागेको हो । 

वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement