काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डकी सूचना अधिकारी देवी पराजुलीले शुक्रबारसम्म नतिजा प्रकाशन हुने बताइन् ।
बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने जानकारी दिएको छ । यसपटक पनि एसईईको नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिन्छ ।
नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएको कार्यालयले जनाएको छ, जसमध्ये १४ वटा वेभसाइट, पाँच वटा एसएमएस सेवा र आईभीआर प्रणाली छन् ।