दुर्गा प्रसाईंले रु. पाँच करोड खर्चिएर बनाइदिए १२ कोठाको विद्यालय भवन

Advertisement

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले तीन करोड रुपियाँ खर्च गरेर बनाइदिएको विद्यालय भवन बिहीबार सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

बि एण्ड सी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका लगानीकर्तासमेत रहेका प्रसाईले झापाको विर्तामोड –२ स्थित मोहनमाया माध्यमिक विद्यालयका लागि १२ वटा कोठा रहेको भवन निर्माण गरिदिएका हुन् ।

Advertisement

आज आयोजित कार्यक्रममा प्रसाईले भवन उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरेका हुन् । भुपालमान सिंह कार्कीले आमाको नाममा दिएको जग्गामा प्रसाईंले भवन बनाइदिएका हुन् । 

Advertisement

Advertisement