प्रचण्डलाई भारतले नै प्रधानमन्त्री बनाएको व्यवसायी प्रसाईँको दाबी

Advertisement

झापा । व्यवसायी दुर्गा प्रसाईँले पुष्पकमल दाहाल प्रचण्डलाई भारतले नै प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । 

नेपालमा कि त चीनले, कि त अमेरिकाले कि त भारतले नै प्रधामन्त्री बनाउने हुन्, व्यवसायी प्रसाईँले विहीबार झापामा आयोजित एक कार्यक्रममा भने–‘प्रचण्डलाई भारतले नै प्रधामन्त्री बनाएको हो, म त्यतिबेला भारतमै थिए ।’

Advertisement

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रितम सिंहले प्रधानमन्त्री बनाउन भारत धाएको अभिव्यक्ति दिंदा हिजोआज आलोचित भइरहँदा व्यवसायी प्रसाईँले समेत उनी भारतकै चाहना र पहलमा प्रधानमन्त्री भएको दाबी गरे । 

सोही अवसरमा प्रसाईँले नेपालमा संघीयता खारेजी हुनु पर्ने, कार्यकारी प्रधानमन्त्री हुनु पर्ने र सांस्कृतिक राजा हुनु पर्ने अभिव्यक्ति दिए । राजा भएको भए एमसीसी पास नहुने र नागरिकता विधेयक पारित नहुने जिकीर समेत गरेका थिए । 
 

Advertisement

Advertisement