‘चितवनको खसीको तास’ले लोकप्रिय भेटघाट रेष्टुरेन्टको शाखा गैरीधारामा पनि

Advertisement

काठमाडौं । ‘चितवनको खसीको तास’का कारण लोकप्रिय बनको भेटघाट रेष्टुरेन्टको नयाँ शाखा राजधानीको नक्सालस्थित गैरीधारामा पनि सञ्चालनमा आएको छ । सोमबार उक्त शाखाको शुभारम्भ गरिएको हो । 

ब्राण्डको रुपमा आफूलाई स्थापित गरिसकेको भेटघाट रेष्टरेन्टका सञ्चालक महेश तिवारीले नयाँ शाखा एक करोड ५० लाख रुपियाँ लगानीमा सञ्चालनमा ल्याएको बताए । गैरीधारा शाखामा १५ जनाले रोजगारी पनि पाएका छन् । 

Advertisement

चितवनको नारायणगढमा २०४४ मा सुरु भएको भेटघाट रेष्टुरेन्टले यसअघि राजधानीको अनामनगरमा पनि शाखा सञ्चालन गर्दै आएको छ । तत्कालिन समयमा दुई हजार रुपियाँ लगानी गरेर खसीको मासुका परिकारहरु बिक्री गर्न थालेको यो रेष्टुरेन्ट देशका विभिन्न स्थानमा गरी पाँच वटा शाखा विस्तार भइसकेको छ । 

गैरीधारा शाखाले स्थापनाको अवसरमा एक महिनासम्म परिकारहरुमा २० प्रतिशत छुट अफर पनि दिएको छ । तिवारीले चितवबाट हरेक दिन हवाई जहाजबाट ल्याएर अरु शाखाहरुले बिक्री गर्ने बताउँदै आफूहरुले बिक्री गर्ने खानेकुरामा स्वास्थ्यलाई हानी गर्ने गुणस्तरहीन सामान प्रयोग नहुने भएकाले ढुक्कसँग खान सकिने बताए । 
 
उनले आर्थिक मन्दीका कारण धेरै रेष्टुरेन्ट व्यवसाय शिथिल बन्दै गए पनि आफूहरुले भेटघाट रेष्टुरेन्टलाई सफल बनाउन लागिपरेको बताउँदै यसको लोकप्रियताको कारण उपभोक्ताको बढ्दो विश्वास पनि हो भने । तिवारीले यो वर्षभित्र तीन स्थानमा शाखा विस्तार गर्ने आफूहरुको योजना रहेको बताए । 

Advertisement

Advertisement