हिमालयन बैंकद्वारा १० लाख रुपियाँ दुर्घटना मृत्यु बीमा दाबी रकम हस्तान्तरण

Advertisement

काठमाडौं । हिमालयन बैंकले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत १० लाख रुपियाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । 

बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी विमला गुराँगाईलाई सो रकम असार १९ गते बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले हस्तान्तरण गरेका हुन् ।  

Advertisement

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसंग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो । 

बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपियाँसम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य वचत योजनाहरुमा पाँच लाख रुपियाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले देशभरी रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

Advertisement

Advertisement