यसअघिको नेतृत्वले झण्डै चार बर्षमा केही काम नसकेकाले पुनः उम्मेदवारी दिनुपर्योः पाण्डे

Advertisement

वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श सेवा प्रदायकहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको चुनावले सो संस्थासम्वद्ध व्यवसायीमा चुनावी सरगर्मी देखिएको छ । यहि आउँदो असार ३० गते हुन लागिरहेको अधिवेशनका लागि नेतृत्वमा चार जनाको नाम चर्चामा छ । तर यीमध्ये बढी चर्चामा रहेका एक प्रत्यासी हुन बिष्णुहरि पाण्डे । यसअघि पनि इक्यानको अध्यक्ष भइसकेका उनी किन प्रतिस्पर्धामा उत्रिए ? यही प्रश्नमा केन्द्रीत भएर कर्पोरेट नेपालले पाण्डेसँग गरेको छोटो कुराकानी:

तपाईं फेरि इक्यानको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभयो । वर्तमान अध्यक्षले राम्रो काम गर्न नसकेर हो कि संस्थामा काम गर्नसक्ने अर्को सक्षम व्यक्ति नभएको हो ? 
हामीले अघिल्लो लिडरसिपलाई हेर्यौं । दुई बर्षको कार्यकाल हो । तर झण्डै चार बर्ष भइसक्यो । तर यत्रो समयमा नोटिसेवल एउटै काम भएन् । कुनै कुराको पहल भएन् । त्यसभन्दा अघि जुन ट्रेण्ड सेट गरिएको थियो, चाहे त्यो ट्रेनिङको कुरा होस्, चाहे आरेन्टेशनको कुरा होस्, चाहे आफ्नो शाखाहरु विस्तार गर्ने कुरा होस्, चाहे इक्यानलाई वित्तीयरुपमा सबल बनाउने कुरा होस्, चाहे  सदस्यहरुलाई आत्मनिर्भर बनाउने कुरा होस्, चाहे अन्तर्राष्ट्रियस्तरमा इक्यानको जुन ग्लामर छ, त्यसलाई कायम राख्ने कुरामा होस्, अघिल्लो कार्यकालको नेतृत्वले नगरेका कारण १७ जना सल्लाहकारमध्ये १३ जनाले तपाईं अगाडि बढ्नुपर्छ भन्नुभयो । जिल्ला अध्यक्षहरुले तपाईं अगाडि बढ्नुपर्छ भन्नुभयो । मेरो निर्णय गर्ने जुन क्षमता र व्यवसायिकताको कारणले गर्दा सबैले मलाई पुनः अध्यक्षका लागि अघि बढ्न प्रेरित गर्नुभएको हो । म भन्ने गर्छु हाम्रो टिम भनेको प्रोग्रेसिभ टिम हो । प्रोफेशनल टिम हो । यसअघि अध्यक्ष हुँदाको मेरो २० महिना २० दिनको जुन भूमिका रह्यो, त्यही भूमिकालाई ख्याल गरेर इक्यानलाई फेरि चलायनमान बनाउन साथीहरुले मलाई बोलाउनु भएको हो । गएको साढे तीन बर्षसम्म इक्यानको कुनै पनि मेला हुन सकेन् । त्यसको कारण इक्यानको ब्राण्डिङ हुन सकेन् । आईएलटीएसमा पनि अहिले इक्यानको माध्यमबाट जाने निकै कम भएको छ । किनभने इक्यानले त्यो खालको भाइब्रेसन गर्न सकेन् । अहिले इक्यानको माध्यमबाट पढ्न जाने विद्यार्थीको संख्या निकै कम भएको छ । छरपष्ट ढंगले विद्यार्थीहरु गइरहेकाले अब मुल धारमा ल्याउने, सबै सदस्यहरुले अपनत्व लिन अभिप्रेरित गर्ने मेरो सोच छ ।  

Advertisement

तपाईंको जित्ने आधार के हो ? 
म कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष, अध्यक्ष र अहिले पुनः अध्यक्षका लागि लड्दै गर्दा मैले यो बीचमा खेलेको भूमिका प्रभावकारी नै छ । सोही कारण प्रायः म निर्विरोध नै हुनेगरेको छु । किनभने यसलाई ल्याउँदा उपयुक्त हुन्छ भनेर । अर्को कुरा यस्ता संस्थामा विधि पद्दतीलाई धज्जी उडाउने प्रवृत्ति हुन्छ । तर मैले यसअघिको कार्यकाल तन्काउन हुन्न, स्वार्थ बाझिन्छ भनेर समय अगावै २० महिना २० दिनमा नै हस्तान्तरण गरें । यसले संस्थामा सुशासन र वित्तीय अनुशासन कायम गर्न सहयोग गर्छ । यसअघि मेरो कार्यकालमा परामर्श सेवामा विदेशी लगानी आउन हुन्न भनेर ‘नो टू एफडीआई’ भनेर भूमिका खेलेको हो । यो अहिलेसम्म रोक्किएको छ । यससम्वन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन पनि छ । अब म अध्यक्ष भएँ भने पहिलो छ महिनाभित्रमा यसलाई टुंगो लगायने उद्देश्यका साथ म लागेको छु । अर्को हामी नेपालमा कम्पनी दर्ता गरेर आचारसंहिता बनाएर काम गरेका छौं । तर एकटेक कम्पनीहरुले भर्चुअल प्लाटफर्म खडा गरेर विद्यार्थीहरुलाई घर–घरबाट, स्कुल–स्कुलबाट जसरी विद्यार्थीहरुलाई बाहिर लैजाने ट्रेन्ड नेपालमा सुरु भएको छ, यस्ता खालका कुराहरुलाई पूर्णरुपमा बन्द गर्नुपर्नेछ । बन्द गर्नका लागि मैले पूर्वअध्यक्ष हुँदा मेरियन होटलमा हुन लागेको कार्यक्रमलाई रोक्न सफल भयौं । उनीहरु अहिले कुनै पनि वैधानिक हैसियनमा छैन् । बाहिर जिल्लाका सदस्यहरुलाई समेट्न मेरो टिममा दुई जनालाई सदस्य र एउटालाई उपाध्यक्षमा राखेको छु ।

इक्यानलाई व्यवसायिक संगठनभन्दा पनि राजनीतिक जस्तो भयो भन्ने पनि छ नि ?
इक्यानलाई राजनीतिक संगठन होइन्, नेता संगठनको रुपमा लिएका छौं, जहाँ पाँचसय भन्दा बढी सदस्यहरु छन् । यसलाई राजनीति गर्ने माध्यम बनाएको छैन् । बनाउनु पनि हुँदैन् । बरु यसलाई हामीले बलियो संगठनको रुपमा विकास गरेका छौं । मेरै २० महिनाको कार्यकालमा १७३ वटा नयाँ कन्सल्ट्यान्सीलाई इक्यानमा ल्याउन सफल भयौं, जुन महत्वपूर्ण उपलब्धी हो । बरु मोफसलमा आफ्नो ढंगले खोलेका कन्सल्ट्यान्सले इक्यानको गरिमालाई घटाउने काम भएको छ । अहिले शिक्षा मन्त्रालयमा एक हजार चार सय कन्सल्ट्यान्सी दर्ता छन् । ती मध्येबाट व्यवसायिकरुमा चलेका तीन सयलाई सदस्यता दिएर इक्यानको सदस्य आठ सय पुर्याउनुपर्नेछ । मैले संगठन विस्तार मात्रै नभएर शाखा विस्तारलाई पनि तीब्रता दिएको थिए । मेरै कार्यकालमा दुई वटा शाखा र एउटा सम्पर्क कार्यालय खुलेका थिए । अब त्यसलाई व्यवस्थित गर्नुपर्ने छ । इक्यानका शाखालाई आर्थिकरुपमा बलियो, सशक्त, स्वतन्त्ररुपमा चल्नसक्ने वातावरण बनाउनुपर्नेछ । यो गर्न सकेमा मात्रै स्थानीय समुदायले यसले प्रभाव पार्नसक्छ । ईक्यान स्थानीय संस्था वा हिसान, प्याब्सन जस्तो संस्था होइन् । यो अन्तर्राष्ट्रिष्यस्तरमा पनि स्वीकार गरिएको संस्था हो । नेपालमा नेपाल उद्योग बाणिज्य महासंघसँग यसको आवद्धता छ भने बाहिर थुप्रै संस्थासँग सम्वन्ध छ । यसलाई अझै विस्तार गर्ने मेरो सोचाई छ । 

इक्यानलाई व्यवस्थित गर्ने, यसका सदस्यहरुलाई सुविधा दिने योजना चाहिं के छ तपाईंको ? 
बाहिरका जति पनि विश्वविद्यालय र कलेजहरुले सिधै पोर्टर (भरिया)हरुको माध्यमबाट, कन्सल्ट्यान्सीहरुको माध्यमबाट लैजाने काम भइरहेको छ । उहाँहरुको एक खालको अनुभव र ब्राण्ड पनि बनेको छ । नयाँ आउने व्यवसायी पनि कानुनी प्रक्रिया पूरा गरेर काम गरिरहेका छन् । तिनीहरु सबैलाई कसरी अवसर दिने ? भन्दा इक्यानले एउटा बिजनेश डेभलपमेन्टका लागि छुट्टै प्लेटफर्म खडा गर्ने । त्यसैको माध्यमबाट यस्ता कन्सल्टेन्सीहरुलाई अझ सहयोग गर्ने । युनिभर्सिटि, कलेजहरुलाई कसरी ल्याउन सकिन्छ ? कसरी उनीहरुलाई ट्रेन गर्न सकिन्छ ? यो कुरालाई तीब्र ढंगले अगाढि बढाउनका लागि मैले रणनीति बनाएको छु । अर्को कुरा इक्यानको लागि अफिस पनि बनाउनुपर्ने छ । इक्यानको अफिसलाई व्यवस्थित बनाउनुपर्ने छ । यो कुरा हरेक कार्यकालमा उठ्ने पनि गरेको छ । अबको कार्यकालमा इक्यानको आफ्नै घर हुनेछ । त्यसका लागि बहुर्राष्ट्रिय कम्पनीहरु जो जीआरई हुनसक्छ । जीम्याट हुनसक्छ । आईइएलटीएल हुनसक्छ । पीटीई हुनसक्छ । टाफेल हुनसक्छ । यस्ता कम्पनीलाई इक्यानमा ल्याउँछु । इक्यानले तिनीहरुलाई इन्डोर्समेन्ट गर्छ । इक्यानले टेष्ट चलाउँछ । त्यसबाट हरेक महिना इक्यानलाई चारदेखि पाँच लाख रुपियाँ स्रोत पनि जुट्छ । ऋण लिएर घर किन्दा पनि किस्ता तिर्नसक्ने गरेर लिने मेरो सोच छ । एजुकेशन कन्सल्टेन्सी आफैमा एउटा सेवा क्षेत्र हो । त्यसका कारण यस सेवालाई बढीभन्दा बढी ट्रेन चाहिएको छ । ट्रेनिङ, रिसर्च र डेभलपमेन्ट क्षेत्रमा यसलाई तीब्र ढंगले अघि बढाउने । हरेक सदस्यलाई समान अवसर प्रदान गर्नेगरी काम गर्ने । मेरो पालामा ट्रेनिङ नियमित हुन्थ्यो । जसले गर्दा हरेक पल्ट २०–२५ जनाले अवसर पाउँथे । मैले छोडेपछि त्यो बन्द भयो । अब यस्ता ट्रेनिङलाई तीब्रता दिने मेरो योजना छ । 

तर तपाईंहरुमाथि लाग्ने आरोप के छ भने अष्ट्रेलिया पठाउनेहरु माथिल्लो तहमा बस्ने, तलका कन्सल्ट्यान्सीहरुलाई सिकाउन नखोज्ने, अगाडि आउन नदिने प्रवृत्ति छ । त्यस्तो कार्टेलिङ छ र ? 
मैले भनिसके इक्यान भनेको इक्वेल अपरच्युनिटि प्राप्त गर्ने । जब साना व्यवसायीले युनिभर्सिटि लिन सकेनन्, कलेज लिन सकेनन् भने इक्यानले मिडियटर भएर काम गर्छ । बहुर्राष्ट्रिय कम्पनीसँग रणनीतिक साझेदारी गर्छ इक्यानले । त्यसअनुसार यी शैक्षिक परामर्श कम्पनीसँग तिमी काम गर्न सक्छौं भनेर बहुर्राष्ट्रिय कम्पनीलाई भन्छौं । त्योअनुसार उनीहरुबीच सिधै काम गर्नसक्ने वातावरण हामी बनाउँछौं । त्यस्तो कार्टेलिङ हुने वा हावी हुने भन्ने कुरा हुँदैन् । म व्यक्तिगतरुपमा के मान्यता राख्छु भने इक्यानले टीआईटीआईको पहल गर्ने होइन् । संसारमा कहीं पनि एनओसीको कन्सेप्ट छैन् । विदेशी मुद्रा सटहीको लागि एनओसी चाहिन्छ । भोलि विद्यार्थी छात्रवृत्तिमा बाहिर पढ्न जान्छन् भने एनओसी चाहिन्छ । तर म आफै आफ्नो खर्चले पढ्न जान्छु भने एनओसी किन चाहियो ? यो खारेज हुनुपर्छ । मैले इनिसियन लिएपछि पछिल्लो समय टिआईटिआईको ट्रेनिङ नै हुँदैन् । किन चाहियो ट्रेनिङ ? त्यहाँ गएर मैले मभन्दा जान्ने मानिसलाई पढाउने ? के स्पेशल डिग्री लिएको मानिसले पढाउने भए छुट्टै कुरा । त्यसकारण इक्यानको नेतृत्वमा हिजो बस्नेले के गर्यो ? भन्दा पनि मेरो नेतृत्व हुँदा यो कुरालाई बन्द गर्ने काम हुन्छ । 

तर इक्यान हुँदाहुँदै शैक्षिक परामर्श संस्थाका संगठन धेरै खुलेका छन् । किन एउटै हुन सकेन् ? 
सही हो । धेरै मात्रामा बनेका छन् । ती एशोसियनको परिधि के छ ? बन्ने क्रम के छ ? किन बनिरहेका छन् ? भन्दा वितृष्णाले गर्दा । यसमा पनि लिडरसिपको कुरा आउँछ । मेरो नेतृत्वको लिडरसिपले सबैलाई समेटेर लैजान्छ । जति पनि फुटेर गएका छन् वा बनेका छन्, उनीहरुलाई एकै ठाउँमा आउने वातावरण बनाउँछौं । 

यस पटक सरकारले विदेश जाने विद्यार्थीहरुलाई कर बढाइयो । यसमा तपाईंको विरोध छ कि समर्थन ? 
यस पटक दुई प्रतिशत एजुकेशन ट्याक्स बढाएर तीन प्रतिशत बनाइयो । नबढाउनु बढाइसक्कियो । तीन प्रतिशतमध्ये दुई प्रतिशत सरकारले लियोस् । तर एक प्रतिशत पढ्न जाने विद्यार्थीहरुको शुल्कको बीमा गर्न खर्च गरियोस् । यो मुरालाई म निष्कर्षमा पुर्याउँछु । 

अहिले नेपालबाट कति देशमा पढ्न जाने वा पठाउने गरिएको छ ? 
शिक्षा मन्त्रालयको रेकर्ड हेर्ने हो भने १०८ देशमा गएको देखिन्छ । तर धेरै जाने भनेको ७२ देशमा हो । यहाँ महत्वपूर्ण कुरा के छ भने अहिलेसम्म नेपालमा विद्यार्थी अध्ययन भिसाको कुनै नीति छैन् । सरकारका सम्वन्धित निकायसँग समन्वय गरेर अबको छ महिनाभित्र यस्तो नीति इन्डोर्स गर्छौं । त्यस्तो नीति बनाउन हामीले कसैलाई दिइसकेका छौं । त्यो भयो भने बाहिरबाट पनि विद्यार्थीहरु पढ्न ल्याउन सकिने परिस्थिति बन्छ । अहिले हामीले जति देशमा पढ्न पठाएका छौं, ती सबै देशमा तत्काल नमिल्ला । नेपाली भाषीहरु भएको थाइल्याण्ड, म्यानमार, इण्डिया जस्ता मुलुकबाट ल्याउन सकिन्छ । अंग्रेजी भाषा सिक्नका लागि चाइनाबाट पनि आउन सक्छन् ।  

Advertisement