आर्थिक अवस्थाले उपचार गर्न नसकेका नुवाकोटका परियारको लागि झण्डै दुई लाख संकलन

Advertisement

काठमाडौं । स्वास्थ्यसम्वन्धी गम्भीर समस्याबाट पीडित भए पनि आर्थिक अभावका कारण विगत दुई वर्षदेखि उपचारबाट बन्चित भएका नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ बर्षीय सन्तोष परियारको उपचार हुने भएको छ । 

आर्थिक अभावका कारण उपचार नपाएर घरमै थला परेर बसेका परियारलाई अर्थपथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा एक लाख ९७ हजार आठ सय रुपियाँ संकलन भएको हो । तारुकेले सामाजिक सञ्जालमार्फत सुरु गरेको सहयोग रकम संकलनले परियारलाई पुनर्जीवन प्रदान गर्न सहयोग मिलेको छ । 

Advertisement

संकलित रकम मंगलवार पत्रकार तारुकेसहितले परियारको परिवारलाई हस्तान्तरण गर्यो । तारकेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष रमेश वस्ती, वडा नं. २ का वडाध्यक्ष शिव पनेरु र वडा नं. ६ का नारायण रिमालसमेतको उपस्थितिमा सहयोग रकमको चेक परियारकी श्रीमती रितुलाई हस्तान्तरण गरिएको तारुकेले बताए । उनले एकसय जनाभन्दा बढीले परियारको उपचारका लागि आर्थिक सहयोग गरेको बताए ।

दुई वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि अकस्मात बिरामी भएका सन्तोष परियारको एउटा खुट्टा नचल्ने र एउटा आँखा बन्द हुन पुगेको थियो । उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका उनलाई सुरुमै एक लाख रुपियाँ धरौटी राख्नुपर्ने भनिएपछि उपचार हुन परियारको परिवार असमर्थ भएको थियो । 

Advertisement

Advertisement