अन्तिम लडाई भन्दै सुरु गरे ककनीबासीले आन्दोलन, फोहोर बोकेका गाडी बाटोमै रोकिए

Advertisement

काठमाडौं। उपत्यकाको डम्पिङ साईमा सिसडोल बासीले पुन:आन्दोलन सुरु गरेका छन्। फोहोर र मान्छे छुट्याउनु पर्ने भन्दै आन्दोलन सुरु गरेका हुन्।

सोमबार बिहानैदेखि स्थानीय बासिन्दाहरु सडकमा बसेर आन्दोलन गरिरहेका छन्। उनीहरुले फोहोर बोकेका गाडीहरुलाई बाटोमै रोकेका छन्। ककनी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत डम्पिङ साइटमा जाने फोहोरका गाडीहरु बाटोमै रोकिएका छन्। वडा अध्यक्ष घननाथ बजगाईले ककनीबासीको यो अन्तिम आन्दोलन भएको बताएका छन्।

Advertisement

अध्यक्ष बजगाईले भने 'यो हाम्रो अन्तिम आन्दोलन हो हाम्रो माग फोहोर र मान्छे छुट्टीनु पर्छ भन्ने हो।'

गाउँपालपकाले यसअघि एउटै गाडीमा १५ सयसम्म दस्तुर उठाउने निर्णय गरेको थियो। जनदबाबले गाउँपालिकाको निर्णयमा सहमति जनाउन नसकेपछि निर्णयबाट पछि हटेको थियो।

 

 

 

 

Advertisement

Advertisement