महिला फुटबल टिमलाई प्रायोजन गर्न युनिलिभर नेपाल र एन्फाबीच साझेदारी

Advertisement

काठमाडौं । युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ ।  

युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको छ । 

Advertisement

विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्याउन खोजेको छ । 

यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्नेछ । साथै उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पुर्याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्याउने लक्ष्य लिएको छ । 
 

Advertisement

Advertisement