सीपयुक्त शिक्षा र रोजगारी सिर्जना गर्न लर्डवुद्ध एजुकेशनसँग नेपाल लाइफको सहकार्य

Advertisement

काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । 

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गरेका छन् । 

Advertisement

फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष जलानले बताए । 

यस्तै एमबिए र  एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट ६ जना विद्यार्थीलाई फाउन्डेसनले निःशुल्क अध्ययन सुविधा उपलब्ध गराउने समेत सहमति भएको छ । इन्स्योरन्स कम्पनीले छनोट गर्ने ६ जना विद्यार्थीलाई शैक्षिक सत्रमा लाग्ने १० लाख २० हजार रुपियाँ खर्च फाउन्डेसनले बेहोर्ने छ ।

नेपाल लाइफमा कार्यरत बीमा अभिकर्ताहरु मध्ये ६ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले बेहोर्ने गरी सहमति भएको छ ।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाई छ ।
 

Advertisement

Advertisement