टाटा मोटर्सका शोरुमहरुमा साउन ८ गतेदेखि एक्सचेञ्ज क्याम्प हुँदै

Advertisement

काठमाडौं । सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा ‘मनसून म्याजिक’ नामको एक्सचेन्ज क्याम्प साउन ८ गतेदेखि सञ्चालन हुने भएको छ । 

अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ । तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि  बढिरहेको छ । प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडीसंग साट्ने क्रम बढ्दो छ । ग्राहकहरुको यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।  

Advertisement

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी र टिगोर ईभीसंग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा ईन्स्योरेन्स सुविधा, बैंकिङ सुविधा का साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाईनेछ ।

यो कार्यक्रम सीमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ ।

उक्त क्याम्पका प्रमुख विशेषताहरुः  
– जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसंग साट्न सकिने व्यवस्था
– एकै ठाउँबाट तपाईको गाडीको मुल्यांकन
– न्युनतम चार लाखको गाडी मुल्यांकन
– एकै ठाउँमा ईन्स्योरेन्सको सुविधा
– ८० प्रतिशतसम्म नयाँ गाडी फ़ाइनान्सिङ्गको सुविधा
– गाडी सम्बन्धि दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव
– नयाँ गाडीको बूकिङ तथा मुल्यांकनसंगै आकर्षक उपहार
– निःशुल्क गाडीको थप एक्सेसोरिज । 


 

Advertisement

Advertisement