उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि मुक्तिनाथ आईक्यानद्धारा लगातार चौथो पटक पुरस्कृत

Advertisement

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत मुक्तिनाथ विकास बैंकलाई चौंथो पटक गोल्ड अवार्डबाट पुरस्कृत गरेको छ । बैंकको यो लगातार चौंथो पुरस्कार हो । 

हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई  प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८–७९ को लागि मुक्तिनाथले गोल्ड अवार्ड पाएको हो । 

Advertisement

आईक्यानले चार विधामा अवार्ड दिएको थियो । जसअन्तर्गत बैंकिङ क्षेत्रतर्फ (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र उर्जा क्षेत्र, निर्माण क्षेत्र छन् । विकास बैंक र वित्त कम्पनीहरुमध्येबाट मुक्तिनाथले अवार्ड पाएको हो । 

आईक्यानले आफ्ना नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण कार्यक्रममा उक्त पुरस्कार प्रदान गरेको थियो । 

Advertisement

Advertisement